बैतडीमा एमालेका भण्डारीको शुरुवाती अग्रता, माओवादीका विजयसुन्दर पछ्याउँदै
बैतडी –बैतडीमा प्रतिनिधि सभामा एमालेका उम्मेदवार दामोदर भण्डारीले शुरुवाती अग्रता लिएका छन् । प्रारम्भिक मतगणना अनुसार भण्डारीले अग्रता लिएको जानकारी प्राप्त भएको छ । उनलाई गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नरेन्द्र कुँवर (विजयसुन्दर)ले पछ्याइरहेका छन् । यद्यपि मतपरिणाम बाहिर सार्वजनिक गरिएको छैन् ।
यस्तै प्रदेश सभा (क) मा नेपाली कांग्रेस, एकीकृत समाजवादी र स्वतन्त्र उम्मेदवारबीच प्रतिस्पर्धा रहेको जानकारी प्राप्त भएको छ । प्रदेश सभा (ख)मा भने एमालेका उम्मेदवार लिलाधर भट्टले अग्रता लिएका छन् । उनलाई नेपाली कांग्रेसका शिवराज भट्टले पछ्याइरहेका छन् ।
प्रकाशित मिति: सोमबार, मंसिर ५, २०७९ १८:४७
प्रतिक्रिया दिनुहोस्




