बैतडी प्रदेश सभा (क)मा स्वतन्त्र उम्मेदवार भण्डारीको अग्रता
बैतडी – बैतडी प्रदेश सभा क्षेत्र नं. (क) मा स्वतन्त्र उम्मेदवार हरिमोहन भण्डारीले अग्रता लिएका छन् । ६५० मत गन्दा स्वतन्त्र उम्मेदवार भण्डारीले २२६ मत प्राप्त गरेका छन् । उनलाई एमालेका सुरेन्द्र पालले १८७ मतका साथ पछ्याइरहेका छन् ।
नेपाली कांग्रेसका बिरबहादुर बिष्टले १४७ मत सहित तेश्रो स्थानमा छन् । एकीकृत समाजवादीका नरेन्द्र बिष्टले ३४, राप्रपा नेपालकी कृष्णा पन्तले ३, राप्रपाका रणबहादुर बिष्टले २ मत प्राप्त गरेका छन् ।
प्रदेश सभा क्षेत्र नं(क)को मतगणना सिगास गाउँपालिकाबाट भइरहेको छ ।
प्रकाशित मिति: सोमबार, मंसिर ५, २०७९ १९:३६
प्रतिक्रिया दिनुहोस्




