बैतडी प्रदेश सभा (ख)मा एमालेका भट्टको अग्रता, कांग्रेसका शिवराज पछ्याउँदै
बैतडी –बैतडी प्रदेश सभा क्षेत्र नं (ख)मा एमालेका उम्मेदवार लिलाधर भट्टले अग्रता लिएका छन् । १ हजार ७९ मत गणना हुँखा उनले ६०९ मत सहित अग्रता लिएका हुन् । उनलाई नेपाली कांग्रेसका शिवराज भट्टले ३९९ मत सहित पछ्याइरहेका छन् ।
राप्रपाका नारायणदत्त जोशीले २७, नागरिक उन्मुक्ति पार्टीकी रेबती बोहराले ८ र राप्रपा नेपालका प्रेमबहादुर चन्दले ५ मत प्राप्त गरेका छन् ।
प्रकाशित मिति: सोमबार, मंसिर ५, २०७९ १९:४६
प्रतिक्रिया दिनुहोस्




