बैतडी प्रदेश सभा (क)मा एमालेका सुरेन्द्र पालले लिए अग्रता
बैतडी –बैतडी प्रदेश सभा क्षेत्र नं.(क) मा एमालेका उम्मेदवार सुरेन्द्र पालले अग्रता लिएका छन् । १ हजार ९७९ मत गणना हुँदा पालले ६५३ मत ल्याएर अग्रस्थानमा रहेका छन् । उनलाई स्वतन्त्र उम्मेदवार हरिमोहन भण्डारीले ६२३ मतका साथ पछ्याइरहेका छन् ।
नेपाली कांग्रेसका बिरबहादुर बिष्टले ४४१ मत ल्याएर तेश्रो स्थानमा रहेका छन् ।
प्रकाशित मिति: सोमबार, मंसिर ५, २०७९ २१:२७
प्रतिक्रिया दिनुहोस्




