Sagun Khabar
बैतडी प्रदेश सभा (ख)मा एमालेका भट्टको अग्रता कायमै

बैतडी – बैतडी प्रदेश सभा क्षेत्र (ख)मा एमालेका उम्मेदवार लिलाधर भट्टको अग्रता कायमै रहेको छ । ५ हजार ८३२ मत गणना हुँदा भट्टले २ हजार ७०१ मतसहित अग्रता कायम राखेका छन् । 

नेपाली कांग्रेसका शिवराज भट्टले २ हजार ५८१ मतले उनलाई पछ्याइरहेका छन् । राप्रपाका नारायणदत्त जोशीले १५६, राप्रपा नेपालका प्रेमबहादुर चन्दले ४१ र  नागरिक उन्मुक्ति पार्टीकी रेबती बोहराले २७ मत प्राप्त गरेकी छन् । 
 

प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९  ०५:००
प्रतिक्रिया दिनुहोस्
Weather Update