Sagun Khabar
बैतडीमा एमालेका भण्डारी अघिअघि, माओवादीका कुँवर पछिपछि 

बैतडी –बैतडीमा प्रतिनिधि सभा अन्तर्गत एमालेका उम्मेदवार दामोदर भण्डारीले अग्रता कायमै राखेका छन् । ५ हजार ५७८ मत गणना हुँदा एमालेका भण्डारीले २ हजार ६२१ मत सहित अग्रता लिइरहेका छन् । 

उनलाई गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका नरेन्द्र कुँवर (विजयसुन्दर)ले २ हजार १९१ मतका साथ पछ्याइरहेका छन् । 

अहिले सम्मको मतपरिणाम अनुसार एमालेका भण्डारीले ४३० मतले अग्रता लिएका छन् । अहिले सम्म ४११ मत बदर भएका छन् । 
 

प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९  ०५:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update