बैतडी प्रदेश सभा (क) मा एमालेका पालको अग्रता, पछ्याउँदै स्वतन्त्र उम्मेदवार भण्डारी
बैतडी –बैतडी प्रदेश सभा (क)मा नेकपा एमालेका उम्मेदवार सुरेन्द्र पालले अग्रता कायमै राखेका छन् । ७ हजार ३ सय मत गणना हुँदा एमाले उम्मेदवार पालले २ हजार ३३६ मत सहित अग्रता बनाएका हुन् ।
उनलाई स्वतन्त्र उम्मेदवार हरिमोहन भण्डारीले २ हजार १६३ मत सहित पछ्याइरहेका छन् । कांग्रेसका उम्मेदवार बिरबहादुर बिष्ट १ हजार ३३६ मतका साथ तेश्रो स्थानमा रहेका छन् ।
एकीकृत समाजवादीका उम्मेदवार नरेन्द्र बिष्टले ४६४ मत पाएका छन् ।
प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९ ०५:२६
प्रतिक्रिया दिनुहोस्




