Sagun Khabar
बैतडी प्रदेश सभा (ख)मा कांग्रेसका शिवराजले लिए अग्रता 

बैतडी –बैतडी प्रदेश सभा क्षेत्र नं.(ख) मा नेपाली कांग्रेसका उम्मेदवार शिवराज भट्टले अग्रता लिएका छन् । मतगणना प्रारम्भ हुँदादेखि अग्रता लिइरहेका एमाले उम्मेदवार लिलाधर भट्टलालाई पछि पार्दै कांग्रेसका भट्टले अग्रता लिएका हुन् । 

६ हजार ७५९ मत गणना हुँदा कांग्रेसका शिवराज भट्टले ३ हजार ६६ मत प्राप्त गरेका छन् । उनलाई एमालेका लिलाधर भट्ट ३ हजार ४५मत सहित पछ्याइरहेका छन् । अहिले सम्म कांग्रेसका शिवराज २१ मतले अघि देखिएका छन् । 

प्रदेश सभा क्षेत्र नं(ख) अन्तर्गत पञ्चेश्वर गाउँपालिका, डिलाशैनी ६ र सुर्नया १ को मत गणना भइसकेको छ । 
 

प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९  ०७:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update