बैतडीमा प्रतिनिधि सभा तर्फ ६ हजार ९२० मत गणना हुँदा कसको कति ?
बैतडी –बैतडीमा प्रतिनिधि सभा तर्फ ६ हजार ९२० मत गणना सकिएको छ । अहिले सम्मको मत परिणाम अनुसार एमालेका दामोदर भण्डारीको अग्रता कायमै रहेको छ ।
भण्डारी ३ हजार ३५८ मत सहित अग्रस्थानमा रहेका छन् । उनलाई गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका नरेन्द्र कुँवर (विजयसुन्दर)ले २ हजार ६७३ मतले पछ्याइरहेका छन् ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रकाशचन्द्र भट्टले १८३ मत प्राप्त गरेका छन् ।
प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९ ०७:३७
प्रतिक्रिया दिनुहोस्




