बैतडी प्रदेश सभा (ख)मा कांग्रेसका शिवराजको अग्रता कायमै
बैतडी –बैतडी प्रदेश सभा क्षेत्र नं.(ख) मा नेपाली कांग्रेसका उम्मेदवार शिवराज भट्टले अग्रता कायमै राखेका छन् । आज बिहानदेखि अग्रता लिएका शिवराज भट्टले पछिल्लो मतपरिणाम सार्वजनिक हुँदा सम्म अग्रता कायमै राखेका छन् ।
६ हजार ६९५ मत गणना हुँदा कांग्रेसका शिवराज भट्टले ३ हजार ९६० मत प्राप्त गरेका छन् । उनलाई एमालेका लिलाधर भट्ट ३ हजार ८७० मत सहित पछ्याइरहेका छन् । अहिले सम्म कांग्रेसका शिवराज ९० मतले अघि देखिएका छन् ।
राप्रपाका नारायणदत्त जोशीले ३२६ मत प्राप्त गरेका छन् ।
प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९ १०:०८
प्रतिक्रिया दिनुहोस्




