बैतडीमा ७ हजार ५५० मत गन्दा एमालेका भण्डारीलाई ५६७ मतको अग्रता
बैतडी –बैतडीमा प्रतिनिधि सभा तर्फ नेकपा एमालेका उम्मेदवार दामोदर भण्डारीले अग्रता कायमै राखेका छन् । ७ हजार ५५० मत गणना हुँदा एमालेका भण्डारीले ३ हजार ५९६ मत सहित अग्रता लिएका छन् ।
उनलाई गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका नरेन्द्र कुँवर (विजयसुन्दर)ले ३ हजार २९ मतका साथ पछ्याइरहेका छन् । अहिले सम्म एमालेका भण्डारीले ५६७ मतको अग्रता लिएका छन् ।
प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९ १०:१७
प्रतिक्रिया दिनुहोस्




