Sagun Khabar
बैतडी प्रदेश (क)को रोकिएको मतगणना सुचारु

 बैतडी –बैतडी प्रदेश सभा क्षेत्र नं (क)मा खसेको मतभन्दा मतपेटिकामा बढी मतपत्र भेटिएपछि रोकिएको मतगणना पुनः सुचारु भएको छ । बढी मत भेटिएको सम्बन्धमा निर्वाचन आयोगलाई लिखित जानकारी दिने र आयोगको निर्णय अनुसार ती मतका बिषयमा अघि बढ्ने सहमति भएपछि मतगणना सुचारु भएको हो । 

अहिले ती मतलाई त्यत्तिकै राख्ने र आयोगको निर्णयपछि अघि बढ्ने सहमति भएको हो । प्रदेश सभा क्षेत्र नम्बर (क) अन्तर्गत डिलाशैनी गाउँपालिकाका ४ स्थित हाडाकोट मतदान केन्द्रको मतपेटिकामा खसेको भन्दा ९५ मत बढी भेटिएको थियो । ६६१ मत खसेको मुचुल्का भएपनि मतपेटिकामा ७५६ मत भेटिएका छन् । 
 

प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९  ११:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update