बैतडीमा एमालेका भण्डारीको अग्रता कायमै
बैतडी –बैतडीमा प्रतिनिधि सभा अन्तर्गत एमालेका उम्मेदवार दामोदर भण्डारीले अग्रता कायमै राखेका छन् । ९ हजार ३४७ मत गणना हुँदा एमालेका भण्डारीले ४ हजार ४५८ मत प्राप्त गरेका छन् । उनलाई माओवादी केन्द्रका नरेन्द्र कुँवर (विजयसुन्दर)ले ३ हजार ७६४ मतका साथ पछ्याइरहेका छन् ।
अहिले सम्म कुँवर भन्दा भण्डारी ७९४ मतले अघि छन् ।अहिले सम्म पञ्चेश्वर र शिवनाथ गाउँपालिकाको मतगणना सम्पन्न भएको छ भने डिलाशैनी गाउँपालिकाको मतगणना भइरहेको छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९ १३:१०
प्रतिक्रिया दिनुहोस्




