अप्टिकल फाइबर ब्रेक भएपछि बैतडीमा टेलिकमको सेवा अवरुद्ध
बैतडी – अप्टिकल फाइवर ब्रेक भएपछि बैतडीमा नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ । बैतडीको कठपतेदेखि सदरमुकाम क्षेत्रमा अप्टिकल फाइबर ब्रेक भएपछि समस्या आएको नेपाल टेलिकम बैतडीका प्रमुख विक्रमराम टमाटाले जानकारी दिए ।
अप्टिकल फाइबर ब्रेक भएपछि सदरमुकाम र आसपासका क्षेत्रमा टेलिकमको फोन सेवा र इन्टरनेट सेवा अवरुद्ध भएको छ । अवरुद्ध सेवा सुचारु गर्न डडेल्धुराबाट प्राविधिकको टीम आउन लागेको कार्यालय प्रमुख टमाटाले बताए ।
टेलिकमको सेवा अवरुद्ध भएपछि हजारौं ग्राहक मार्कामा परेका छन् ।
प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९ १७:२७
प्रतिक्रिया दिनुहोस्




