Sagun Khabar
बैतडी प्रदेश (क)मा एमालेका पाल १७ सय बढी मतले अघि 

बैतडी –बैतडी प्रदेश सभा क्षेत्र नं (क)मा एमालेका उम्मेदवार सुरेन्द्र पालले मतान्तर बढाउँदै लगेका छन् । १३ हजार ७२२ मत गणना हुँदा पालले ५ हजार २७५ मत प्राप्त गरेका छन् । उनलाई स्वतन्त्र उम्मेदवार हरिमोहन भण्डारीले ३ हजार ४९४ मतका साथ पछ्याइरहेका छन् । पाल भण्डारी भन्दा १ हजार ७८१ मतले अगाडि रहेका छन् । 

यस्तै नेपाली कांग्रेसका बिरबहादुर बिष्ट २ हजार ९२९ मतका साथ तेश्रो स्थानमा रहेका छन् । एकीकृत समाजवादीका नरेन्द्र बिष्टले ८७२ मत प्राप्त गरेका छन् । 
 

प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९  १७:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update