बैतडी –बैतडीमा सोमबार जिप दुर्घटनामा परी घाइते भएका ९ जना मध्ये एकजनालाई काठमाण्डौं रेफर गरिएको छ । प्रहरी जवान आसा धामीलाई थप उपचारका लागि नेपालगञ्जबाट काठमाण्डौं रेफर गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए ।
यस्तै घाइते ४ जनाको नेपालगञ्जमा उपचार भइरहेको छ । प्रहरी हवलदार गणेश खड्का, प्रहरी जवान भानु बिष्ट र पुतली खड्का तथा जिप चालक दिनेश महरको नेपालगञ्जमा उपचार भइरहेको छ ।
यस्तै दुर्घटनामा परी घाइते भएका प्रहरी सहायक हवलदार गोपालबहादुर पाल, प्रहरी जवान नरेश कठरीया, प्रहरी जवान टिकेन्द्रसिंह ऐरी र प्रहरी जवान चन्द्रसिंह ठगुन्नाको धनगढीमा उपचार भइरहेको छ ।
मतपेटिका सदरमुकाम पुर्याएर पाटन फर्कने क्रममा सोमबार बिहान पाटन नगरपालिका–४ थुममा प्रहरी सवार से १ ज ८५४ नम्बरको जिप दुर्घटनामा परेको थियो । सो दुर्घटनामा चार जना प्रहरी कर्मचारीको मृत्यु भएको थियो भने ९ जना घाइते भएका थिए ।




