Sagun Khabar
बैतडी प्रदेश सभा (क)मा  मतान्तर घटाउँदै स्वतन्त्र उम्मेदवार भण्डारी

बैतडी –बैतडी प्रदेश सभा क्षेत्र नम्बर (क) मा रोचक प्रतिस्पर्धा भइरहेको छ । अहिले सम्मको मतपरिणाम अनुसार नेकपा एमालेका सुरेन्द्र पालको अग्रता कायमै रहेको भएपनि स्वतन्त्र उम्मेदवार हरिमोहन भण्डारीले मतान्तर घटाउँदै लगेका छन् । 

पाटन नगरपालिकाको मतगणना भइरहँदा स्वतन्त्र उम्मेदवार भण्डारीले पालसंगको मतान्तर घटाएका हुन् । २४ हजार २९१ मत गणना हुँदा एमालेका पालले ७ हजार ८०१ मत प्राप्त गरेका छन् । उनलाई स्वतन्त्र उम्मेदवार हरिमोहन भण्डारीले ७ हजार १८३ मतका साथ पछ्याइरहेका छन् । एमालेका पाल अहिले ६१८ मतले अघि देखिएका छन् ।

नेपाली कांग्रेसका बिरबहादुर बिष्टले ५हजार ५०८ मत प्राप्त गरी तेश्रो स्थानमा रहेका छन् । नेकपा एकीकृत समाजवादीका नरेन्द्र बिष्टले १ हजार ७२८ मत प्राप्त गरेका छन् । 
 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  ०५:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update