Sagun Khabar
बैतडी प्रदेश सभा (ख)मा कांग्रेसका शिवराज भट्टको अग्रता कायमै

बैतडी –बैतडी प्रदेश सभा क्षेत्र नम्बर (ख)मा नेपाली कांग्रेसका शिवराज भट्टले अग्रता कायमै राखेका छन् । २४ हजार ९२७ मत गणना हुँदा नेपाली कांग्रेसका भट्टले १२ हजार ९७ मत प्राप्त गरेका छन् । 

नेकपा एमालेका उम्मेदवार लिलाधर भट्टले १० हजार ५७० मत ल्याएका छन् । कांग्रेसका भट्ट एमालेका उम्मेदवार भन्दा १ हजार ५२७ मतले अघि देखिएका छन् ।

अब दशरथचन्द नगरपालिकाका केही वडा र दोगडाकेदार गाउँपालिकाको मत मात्रै गन्न बाँकी रहेको छ । 
 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  ०६:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update