बैतडीमा एमालेका भण्डारीको अग्रता कायमै, मतान्तर घटाउँदै विजयसुन्दर
बैतडी –बैतडीमा जारी मतगणनाको पछिल्लो परिणाम अनुसार प्रतिनिधि सभातर्फ नेकपा एमालेका उम्मेदवार दामोदर भण्डारीको अग्रता कायमै रहेको छ । गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका नरेन्द्र कुँवर (विजयसुन्दर)ले भण्डारीलाई पछ्याइरहेका छन् ।
प्रतिनिधि सभा तर्फ २३ हजार २६६ मतगणना हुँदा एमालेका भण्डारीले १० हजार ४०७ मत प्राप्त गरेका छन् । उनलाई माओवादीका नरेन्द्र कुँवर (विजयसुन्दर)ले ९ हजार ८२३ मतका साथ पछ्याइरहेका छन् ।
पछिल्लो परिणाम अनुसार माओवादीका विजयसुन्दरले मतान्तर घटाएका छन् । उनी भण्डारी भन्दा ५८४ मतले पछि परेका छन् ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९ १०:४०
प्रतिक्रिया दिनुहोस्




