Sagun Khabar
दार्चुला प्रदेश सभा –१ मा कांग्रेसका धामी विजयी 

दार्चुला –दार्चुलाको प्रदेश सभा –१ मा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका विक्रमसिंह धामी विजयी भएका छन् । एमालेका उम्मेदवार हरदेव जोशीलाई पराजित गर्दै धामी निर्वाचित भएका हुन् । 

विजयी भएका धामीले १५ हजार १२७ मत प्राप्त गरेका छन् भने उनका निकट्म प्रतिस्पर्धी एमालेका जोशीले १३ हजार ४५१ मत प्राप्त गरे । 

सो क्षेत्रमा स्वतन्त्र उम्मेदवार शंकरसिंह धामीले १ हजार ४१८ मत प्राप्त गरे भने राप्रपाका चक्रबहादुर बमले ३२७ मत प्राप्त गरेका छन् । 

सो क्षेत्रमा ३१ हजार ५४२ मत खसेकोमा ३० हजार ४०८ मत सदर भएको छ । १ हजार १३४ मत बदर भएको छ । 

यस्तै दार्चुलाको प्रदेश सभा –२ मा गठबन्धनका साझा उम्मेदवार मानबहादुर धामी (सन्तोष) विजयी भएका छन् । यो संगै दार्चुलाका दुवै प्रदेश सभा क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । 
 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  ११:२१
प्रतिक्रिया दिनुहोस्