Sagun Khabar
बैतडी प्रदेश सभा (ख) कांग्रेसको शिवराजको अग्रता कायमै, मतान्तर घटाउँदै लिलाधर 

बैतडी –बैतडी प्रदेश सभा क्षेत्र नम्बर (ख)मा नेपाली कांग्रेसका शिवराज भट्टको अग्रता कायमै रहेको छ । अहिले सम्मको मतगणना अनुसार कांग्रेसका शिवराज भट्टले १५ हजार ५१९ मत प्राप्त गरेका छन् भने एमालेका लिलाधर भट्टले १४ हजार ४८८ मत प्राप्त गरेका छन् । 

अब दोगडाकेदारका ५ ओटा वडाको मतगणना मात्रै बाँकी रहेको छ । दोगडाकेदार गाउँपालिकाको मतगणना शुरु भएपछि एमालेका भट्टले मतान्तर घटाउँदै लगेका छन् । दशरथचन्द नगरपालिकाको मतगणना सम्पन्न हुँदा १६३८ मतले अगाडि रहेका कांग्रेसका शिवराज अहिले १ हजार ३१ मतले अगाडि रहेका छन् । 

यो क्षेत्रमा दुवै जनाबीच रोचक प्रतिस्पर्धा भइरहेको छ । मतगणनाको शुरुमा एमालेका भट्टले अग्रता लिएका थिए । त्यसपछि लगातार कांग्रेसका शिवराज भट्टले अग्रता लिइरहेका छन् । मतगणनाको अन्तिम चरणमा एमाले भट्टले मतान्तर घटाउँदै लगेका छन् । 
 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १५:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update