Sagun Khabar
बैतडीको प्रदेश सभा (ख)मा रोचक प्रतिस्पर्धा

बैतडी –बैतडी प्रदेश सभा क्षेत्र नम्बर (ख) रोचक प्रतिस्पर्धा भएको छ । दोगडाकेदार गाउँपालिकाको मतगणना शुरु भएपछि लगातार रुपमा एमालेका लिलाधर भट्टले मतान्तर घटाउन थालेपछि यो क्षेत्रको प्रतिस्पर्धा थप रोचक बनेको हो । 

दोगडाकेदार गाउँपालिकाको वडा नं १ देखि ४ सम्मको मतगणना हुँदा कांग्रेसका शिवराज भट्टको अग्रता १६३८ बाट ९५५ मतमा झरेको छ । चारओटै वडामा एमालेका उम्मेदवार लिलाधर भट्टले कांग्रेसका शिवराज भट्टभन्दा बढी मत ल्याएपछि मतान्तर घट्दै गएको हो । 

अब दोगडाकेदार गाउँपालिका वडा नं ५,६,७ र ८ नम्बरको मात्रै मतगणना बाँकी रहेको छ । चारओटा वडाको मतगणना बाँकी हुँदा कसले बाजी मार्ला भन्ने कुरा अझै भन्न सकिएको छैन् । प्रत्येक वडामा एमालेका भट्टले मतान्तर घटाउन थालेपछि कसले यो क्षेत्रमा चुनाव जित्ला त्यो कुरा अहिले नै भन्न नसकिने अवस्था रहेको छ । 

अहिले सम्म नेपाली कांग्रेसका शिवराज भट्टले १५ हजार ९०८ मत सहित अग्रस्थानमा रहेका छन् । एमालेका लिलाधर भट्टले १४ हजार ९५३ मत सहित पछ्याइरहेका छन् ।
 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १७:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update