Sagun Khabar
कांग्रेसका शिवराजलाई एमालेका लिलाधरको बधाई 

बैतडी –बैतडी प्रदेश सभा (ख)बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका नेपाली कांग्रेसका शिवराज भट्टलाई एमालेका लिलाधर भट्टले बधाई दिएका छन् । शिवराजका प्रतिस्पर्धी समेत रहेका लिलाधरले सामाजिक सञ्जाल फेसबुक मार्फत भट्टलाई बधाई दिएका हुन् । 

प्रदेश सभा सदस्यमा निर्वाचित भए लगत्तै कांग्रेसका भट्टलाई बधाई दिदै उनले सफल कार्यकालको शुभकामना समेत दिएका छन् । यस्तै मतदाता, पार्टीका कार्यकर्ता र आमा शुभचिन्तक लगायत सबैलाई धन्यवाद ज्ञापन गरेका छन् । 

एमालेका भट्ट कांग्रेसका शिवराजसंग ४३७ मतले पराजित भएका छन् । २०७४ सालमा यसै क्षेत्रबाट निर्वाचित भएका भट्ट यो पालि दोहोरिने रणनीतिमा रहेका थिए । तर चुनावमा यो पालि उनले हार व्यहोरेका छन् । 
 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २१:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update