Sagun Khabar
बैतडी प्रदेश सभा (क)मा एमालेका पालको जित निश्चित 

बैतडी –बैतडी प्रदेश सभा (क) मा नेकपा एमालेका उम्मेदवार सुरेन्द्र पालको जित निश्चित भएको छ । गन्न बाँकी मत भन्दा बढी मतले पालको अग्रता भएकाले उनको जित निश्चित भएको हो । 

प्रदेश सभा (क) अन्तर्गत १ हजार १३४ मत गन्न बाँकी रहेका बेला पालको मतान्तर १ हजार ५६४ रहेको छ । अहिले सम्म एमालेका सुरेन्द्र पालले १२ हजार ४२१ मत प्राप्त गरेका छन् भने स्वतन्त्रका हरिमोहन भण्डारीले १० हजार ८५७ मत प्राप्त गरेर दोश्रो स्थानमा रहेका छन् । 

यस्तै कांग्रेसका बिरबहादुर बिष्टले १० हजार ६३३ मत प्राप्त गरेका छन् । 
 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २२:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update