Sagun Khabar
बैतडी प्रदेश सभा (क) मा एमालेका पाल विजयी 

बैतडी –बैतडी प्रदेश सभा (क) मा नेकपा एमालेका उम्मेदवार सुरेन्द्र पाल विजयी भएका छन् । स्वतन्त्र उम्मेदवार हरिमोहन भण्डारीलाई १ हजार ८१३ मतले पछि पार्दै पाल विजयी भएका हुन् । 

विजयी पालले १२ हजार ८३१ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिद्वन्दी स्वतन्त्र उम्मेदवार हरिमोहन भण्डारीले ११ हजार १८ मत प्राप्त गरे । 

नेपाली कांग्रेसका बिरबहादुर बिष्टले १० हजार ९५३ मत प्राप्त गरे । यो क्षेत्रमा ४० हजार १५५  मत खसेको थियो । 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २३:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update