बैतडीमा माओवादी केन्द्रका कुँवरको अग्रता कायमै
बैतडी –बैतडीमा प्रतिनिधि सभा तर्फ गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका नरेन्द्रबहादुर कुँवर (विजयसुन्दर)ले अग्रता कायमै राखेका छन् । बुधबार साँझदेखि अग्रता लिएका कुँवरको पछिल्लो मतपरिणाम आउँदा सम्म अग्रता कायम रहेको छ ।
अहिले सम्म कुँवरले १९ हजार ६९८ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार दामोदर भण्डारीले १८ हजार २३२ मत प्राप्त गरेका छन् । कुँवर र भण्डारीबीचको मतान्तर १ हजार ४६६ रहेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०७:०२
प्रतिक्रिया दिनुहोस्




