Sagun Khabar
बैतडीमा प्रतिनिधि सभा तर्फको अन्तिम मत परिणाम आजै आउने 

बैतडी –बैतडीमा प्रतिनिधि सभा तर्फको अन्तिम मत परिणाम आजै आउने भएको छ । प्रदेश सभाको मतगणना सम्पन्न भएपछि अहिले तीन ठाउँबाट मतगणना चलिरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

जारी मतणनामा अहिले सम्म पञ्चेश्वर, शिवनाथ, पुर्चौडी,डिलाशैनी, सिगास र मेलौलीको मतगणना सम्पन्न भइसकेको छ । सुर्नया र पाटनका केही वडाको मतगणना बाँकी रहेको छ । त्यस्तै दशरथचन्द नगरपालिका र दोगडाकेदार गाउँपालिकाको मतगणना बाँकी रहेको छ । 

अहिले सम्मको मतगणना अनुसार गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका नरेन्द्रबहादुर कुँवर (विजयसुन्दर)ले अग्रता लिएका छन् । उनलाई एमालेका उम्मेदवार दामोदर भण्डारीले पछ्याइरहेका छन् । 
 

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०८:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update