Sagun Khabar
थप उत्साहका साथ राजनैतिक र सामाजिक कार्यमा समर्पित हुन्छु : भण्डारी 

बैतडी –बैतडी प्रदेश सभा क्षेत्र नम्बर (क)मा स्वतन्त्र उम्मेदवार हरिमोहन भण्डारीले थप उत्साहका साथ राजनैतिक र सामाजिक कार्यमा लाग्ने उल्लेख गरेका छन् । निर्वाचनमा पराजय व्यहोरेपछि सामाजिक सञ्जालमा उनले आफू कत्ति पनि विचलित नभएको र आगामी दिन थप उर्जाका साथ अगाडि बढ्ने उल्लेख गरेका छन् । 

निर्वाचनमा विजयी भएका एमालेका उम्मेदवार सुरेन्द्र पाललाई बधाई दिदै कार्यकाल सफलताको शुभकामना समेत दिएका छन् । 

नेपाली कांग्रेसबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका भण्डारी एमालेका सुरेन्द्र पालसंग पराजित भएका थिए । पालले १२ हजार ८३१ मत प्राप्त गरे भने स्वतन्त्र उम्मेदवार हरिमोहन भण्डारीले ११ हजार १८ मत प्राप्त गरे । 

नेपाली कांग्रेसका बिरबहादुर बिष्टले १० हजार ९५३ मत प्राप्त गरे । यो क्षेत्रमा ४० हजार १५५  मत खसेको थियो ।
 

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १०:००
प्रतिक्रिया दिनुहोस्
Weather Update