Sagun Khabar
कैलाली–५ मा कांग्रेसका पन्त १ हजार ३२० मतले अगाडि 
स्वास्थ्य सन्देश
Atrya hospital

कैलाली –कैलाली निर्वाचन क्षेत्र नं ५ मा नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार डिल्लीराज पन्तले अग्रता कायम राखेका छन् ।  प्रतिनिधि सभा सदस्यको २८ हजार चार सय ३७ मत गणना हुँदा पन्तले ९ हजार ४३० मत पाएका छन् । 

एमालेका उम्मेदवार नारदमुनि रानाको ८ हजार ११० मत छ । राना भन्दा पन्त १३२० मतले अगाडि छन् ।  स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझाको ३५८७ मत छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार इश्वरी विष्टको १९४८ मत छ । जिल्लाको निर्वाचन क्षेत्र नम्बर ५ को प्रदेश सभा २ मा पनि काँग्रेसका उम्मेदवार अगाडि छन् ।  नेपाली काँग्रेसका उम्मेदवार प्रकाशबहादुर देउवाको ५१५२ मत छ । एमालेका उम्मेदवार दुर्गा जोशीको ३१२२ मत छ ।

प्रदेश क्षेत्र नम्बर २ मा १४७४६ मत गणना सकिएको छ । यो निर्वाचन क्षेत्रको प्रदेश सभा १ मा पनि गठबन्धनका उम्मेदवार अगाडि छन् । क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका उम्मेदवार रमेश सिँह धामीले अग्रता लिएका हुन् ।  उनको ३६०८ मत छ । एमालेका उम्मेदवार नेपालु चौधरीको २०५२ मत छ । क्षेत्र नम्बर १ मा १३९२७ मत गणना सकिएको छ ।
 

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १०:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update