Sagun Khabar
प्रदेश सभा सदस्यमा निर्वाचित पालले लिए प्रमाण पत्र 

बैतडी –बैतडी प्रदेश सभा क्षेत्र नम्बर (क)मा निर्वाचित नेकपा एमालेका सुरेन्द्र पालले निर्वाचित भएको प्रमाण ग्रहण गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले पाललाई निर्वाचित भएको प्रमाण पत्र प्रदान गरेको हो । 

मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले प्रदेश सभा सदस्यमा निर्वाचित पाललाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेका हुन् । गएको आइतबार सम्पन्न भएको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन अन्तर्गत पाल बैतडी क्षेत्र नम्बर (क)बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् । 

स्वतन्त्र उम्मेदवार हरिमोहन भण्डारीलाई पछि पार्दै पालले जित हाँसिल गरेका हुन् । पालले १२ हजार ८३१ मत प्राप्त गरे भने स्वतन्त्र उम्मेदवार हरिमोहन भण्डारीले ११ हजार १८ मत प्राप्त गरे । 

नेपाली कांग्रेसका बिरबहादुर बिष्टले १० हजार ९५३ मत प्राप्त गरे । यो क्षेत्रमा ४० हजार १५५  मत खसेको थियो ।

pal21669269309.jpg

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ११:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update