Sagun Khabar
कांग्रेस बैतडीले शनिबार बैठक डाक्यो

बैतडी –नेपाली कांग्रेस बैतडीले शनिबार बैठक बोलाएको छ । निर्वाचन सकिए लगत्तै कांग्रेसले बैठक डाँकेको हो । निर्वाचनको मत परिणाम आएसंगै बस्न लागेको कांग्रेसको बैठकलाई चासोका साथ हेरिएको छ ।  

बैठकमा जिल्ला कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई आमन्त्रण गरिएको छ । निर्माण व्यवसायी संघको हलमा बैठक बस्ने कांग्रेस बैतडीका सचिव देवराज जोशीले बताए । 

आइतबार सम्पन्न निर्वाचनमा बैतडीमा प्रदेश सभा (ख)मा कांग्रेसका उम्मेदवार शिवराज भट्ट विजयी भएका छन् भने प्रदेश (क)मा भने कांग्रेस तेश्रो स्थानमा पुगेको छ । कांग्रेसका उम्मेदवार बिरबहादुर बिष्ट तेश्रो स्थानमा रहेका हुन् । 

चुनाव लगत्तै बस्न लागेको बैठकमा चुनावी समीक्षा लगायतका बिषयमा छलफल हुने बताइएको छ । 
 

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १२:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update