बैतडीमा घरको छतबाट खसेर एक जनाको मृत्यु

बैतडी –बैतडीमा घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ । जिल्लाको डिलासैनी गाउँपालिका ३ गिरीबगड बस्ने ४९ वर्षीय धनी लुहारको घरको छतबाट लडेर बुधबार राति मृत्यु भएको हो ।
डिलासैनी गाउँपालिका ३ बगडी आफ्नो बहिनी धनमती लुहारको घरको छतबाट लडेर गम्भीर घाइते भएका उनको गोकुलेश्वर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जानकारी प्राप्त भएको डिलाशैनी गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले बताए ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १४:४३
प्रतिक्रिया दिनुहोस्