Sagun Khabar
बैतडीमा भण्डारी र कुँवरबीच कडा प्रतिस्पर्धा 

बैतडी –बैतडीमा प्रतिनिधि सभा सदस्यको मत गणना जारी रहेको छ । जारी मतगणनाको पछिल्लो मतपरिणाम अनुसार माओवादी केन्द्र नरेन्द्रबहादुर कुँवर (विजयसुन्दर)को अग्रता कायमै रहेको छ । तर एमाले उम्मेदवार दामोदर भण्डारीले लगातार मतान्तरण घटाउँदै लगेका छन् । 

पाटन नगरपालिका, दशरथचन्द नगरपालिका र दोगडाकेदार गाउँपालिकाका केही वडाको मतगणना बाँकी रहँदा कुँवर र भण्डारीबीचको मतान्तर २०६ मात्रै रहेको छ । 

अहिले सम्म माओवादी केन्द्रका नरेन्द्र कुँवर (विजयसुन्दर)ले २६ हजार ३९० मत प्राप्त गरेका छन् भने एमालेका दामोदर भण्डारीले २६ हजार १८४ मत प्राप्त गरेका छन् । 

भण्डारीले मतान्तर घटाउँदै लगेपछि कसले बाजी मार्ला भन्ने बिषयमा चर्चा हुन थालेको छ । थोरै मतान्तर भएकाले अहिले नै कसले जित्ला भनेर भन्न नसिकएपनि दुवैजनाबीच कडा प्रतिस्पर्धा रहेको छ । 
 

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १५:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update