बैतडीबाट एमालेका भण्डारीको जित सुनिश्चित
बैतडी –बैतडीबाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका दामोदर भण्डारीको जित सुनिश्चत भएको छ । गणना हुन बाँकी मत भन्दा भण्डारीले अग्रता लिएको मतको संख्या बढी भएकाले उनको जित सुनिश्चित भएको हो ।
उनी माओवादी केन्द्रका नरेन्द्र कुँवर (विजयसुन्दर) भन्दा १ हजार ४५५ मतले अगाडि छन् । अब ६३९ मत मात्रै गणना हुन बाँकी रहेकाले भण्डारीको जित सुनिश्चित भएको हो । जितसंगै भण्डारीको यो लगातार तेश्रो जित हुनेछ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १९:५९
प्रतिक्रिया दिनुहोस्




