बैतडी प्रदेश सभा –२ बाट निर्वाचित भट्टले लिए प्रमाण पत्र
बैतडी –बैतडी प्रदेश सभा –२ बाट प्रदेश सभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका शिवराज भट्टले निर्वाचित भएको प्रमाण पत्र ग्रहण गरेका छन् । मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले भट्टलाई निर्वाचित भएको प्रमाण पत्र प्रदान गरेका हुन् ।
आइतबार सम्पन्न भएको निर्वाचनबाट भट्ट एमालेका लिलाधर भट्टलाई पराजित गर्दै विजयी भएका हुन् । विजयी भट्टले १७ हजार १५३ मत ल्याएका थिए भने उनका निकटतम् प्रतिद्वन्दी एमालेका लिलाधर भट्टले १७ हजार ७१६ मत ल्याएका थिए ।
निर्वाचित भएको प्रमाण पत्र बुझेपछि प्रदेश सभा सदस्य भट्टले मतदाताको जनादेश अनुसार काम गर्ने बताए ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ १२:२५
प्रतिक्रिया दिनुहोस्




