Sagun Khabar
कांग्रेसमा देखिएको स्वार्थ र सिद्धान्तको खाडल पुर्छु : उपसभापति बिष्ट 

बैतडी –नेपाली कांग्रेस बैतडीका उपसभापति एवं प्रदेश –१ बाट कांग्रेसका उम्मेदवार बिरबहादुर बिष्टले नेपाली कांग्रेसमा देखिएको स्वार्थ र सिद्धान्तको खाडल पुर्ने बताएका छन् । निर्वाचनमा पराजय व्यहोरेपछि सामाजिक सञ्जाल फेसबुक मार्फत उनले बलियो कांग्रेस बनाउन आफूले पहल गर्ने उल्लेख गरेका छन् । 

निर्वाचनको समयमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै विजयी प्रदेश सभा सदस्य सुरेन्द्र पाललाई बधाई दिएका छन् । 

बैतडी प्रदेश सभा –१ मा नेपाली कांग्रेस तेश्रो स्थानमा खुम्चिएको छ । यो क्षेत्रमा एमालेका सुरेन्द्र पालले १२ हजार ८३१ मत सहित जित हात पारे भने कांग्रेसबाटै बागी बनेर स्वतन्त्र उम्मेदवार बनेका हरिमोहन भण्डारीले ११ हजार १८ मत पाए । नेपाली कांग्रेसका बिष्टले १० हजार ९५३ मत पाए । 
 

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  १२:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update