Sagun Khabar
बैतडीमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु 

बैतडी –बैतडीमा पनि लैंगिक हिंसा विरुद्धको अभियान शुरु भएको छ । सभ्य समाजको पहिचान लैंगिक हिंसा विरुद्धको अभियान भन्ने मूल नाराका साथ अभियान शुरु भएको हो । बैतडीमा अभियानको अवसरमा आज प्रभातफेरीको आयोजना गरिएको दशरथचन्द नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख लिला कुँवरले बताइन् । 

दशरथचन्द नगरपालिका र विभिन्न साझेदार संस्थाहरुको सहयोगमा प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको उनले बताइन् । प्रभातफेरीमा दशरथचन्द नगरपालिकाका उपप्रमुख कौशिला चन्द लगायतको सहभागिता रहेको थियो । १६ दिन सम्म विभिन्न कार्यक्रमको आयोजना गरेर अभियान मनाइने शाखा प्रमुख कुँवरले बताइन् । 

यस्तै बैतडीको पाटनमा दीप प्रज्वलन गरेर अभियानको शुरुवात गरिएको छ । नगर प्रमुख गौरीसिंह रावल, उपप्रमुख कमलसिंह बोहरा लगायतको उपस्थितीमा अभियानको शुरुवात गरिएको हो । 

यस्तै संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषको सहयोगमा जिल्ला सदरमुकाम र पाटनमा सहायता कक्ष (हेल्प डेस्क) राख्ने निर्णय समेत भएको संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका कार्यक्रम संयोजक खगेन्द्र भट्टले बताए ।  
 

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  १८:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update