Sagun Khabar
बैतडीमा भीरबाट लडेर एक महिलाको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी –बैतडीमा खर काट्ने क्रममा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । पुर्चौंडी नगरपालिका –६ खडायत गाउँका ३२ बर्षीया लीला खडायतको भीरबाट लडेर मृत्यु भएको स्थानीय लक्ष्मण बोहराले बताए । 

घर नजिकैको खर फागलमा शनिबार दिउँसो खर काट्न गएका बेला उनको भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको बोहराले बताए । मृतक खडायतका दुई छोरी र एक छोरा रहेका छन् ।   
 

प्रकाशित मिति: शनिबार, मंसिर १०, २०७९  १६:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update