Sagun Khabar
बैतडीमा प्रदेश समानुपातिक तर्फ सबैभन्दा बढी मत एमालेको, दोश्रोमा कांग्रेस 

बैतडी –बैतडीमा प्रदेशसभा समानुपातिक तर्फको मतगणना सम्पन्न भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रदेश सभाको अन्तिम मतपरिणाम अनुसार सबैभन्दा बढी एमालेले मत प्राप्त गरेको छ । प्रदेश सभा सदस्य समानुपातिक तर्फ एमालेले  ३० हजार ८७९ मत प्राप्त गरेको छ । यस्तै नेपाली कांग्रेसले २१ हजार ६१९ मत प्राप्त गरेको छ । 

नेकपा माओवादी केन्द्रले १३ हजार १०२ मत प्राप्त गरेर तेश्रो भएको छ । यस्तै राप्रपाले २ हजार ११२ र एकीकृत समाजवादीले १ हजार ८४५ मत प्राप्त गरेको छ । 

प्रदेश सभा सदस्य समानुपातिक तर्फ ७७ हजार ४२३ मत खसेकोमा ७२ हजार ३६८ मत सदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस्तै ५ हजार ५५ मत बदर भएका छन् । 
 

प्रकाशित मिति: शनिबार, मंसिर १०, २०७९  १६:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update