Sagun Khabar
बैतडीमा भलिबल प्रतियोगिता हुने 

बैतडी –बैतडीमा मंसिर २५ गतेदेखि जिल्लास्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता हुने भएको छ । मैनेजर तेजबहादुर चन्द ट्रष्टको आयोजनामा मैनेजर तेजबहादुर चन्द स्मृति जिल्लास्तरीय अन्तरपालिका भलिबलको आयोजना गर्न लागिएको ट्रष्टका सचिव विनोदबहादुर चन्दले बताए । 

उक्त प्रतियोगिताका जिल्लाका १० ओटै स्थानीय तहबाट पालिकाको एक टीम सहभागी गराइने र टीमलाई मंसिर २० गतेभित्र दर्ता गरिसक्न आग्रह गरिएको सचिव चन्दले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

प्रतियोगितामा प्रथम हुने टीमलाई नगद १ लाख २५ हजार र ट्रफी, दोश्रो हुनेलाई नगद ७५ हजार र ट्रफी तथा तेश्रो हुनेलाई नगद ३५ हजार ट्रफी वितरण गरिने ट्रष्टले जनाएको छ । 

दशरथचन्द खेलमैदान सुन्दरखालीमा आयोजना हुने प्रतियोगिता दुईदिन सम्म चल्नेछ । जिल्लामा भलिबल खेलाडीहरुको क्षमता अभिवृद्धिका लागि ट्रष्टले प्रत्येक बर्ष प्रतियोगिताको आयोजना गर्दै आएको छ । यसका साथै ट्रष्टले अन्य सामाजिक कार्य समेत गरिरहेको सचिव चन्दले बताए । 
 

प्रकाशित मिति: आइतबार, मंसिर ११, २०७९  १२:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update