Sagun Khabar
सुदूरपश्चिममा १८ उम्मेदवारको धरौटी जफत 

बैतडी –सुदूरपश्चिम प्रदेशमा प्रतिनिधि सभा सदस्यको निर्वाचन लडेका १८ जना उम्मेदवारको धरौटी जफत भएको छ । उनीहरुले सदर मतको १० प्रतिशत भोट पाउन नसकेपछि धरौटी जफत भएको छ । विभिन्न साना दल तथा स्वतन्त्र उम्मेदवारको निर्वाचनमा धरौटी जफत भएको पाइएको छ । प्रतिनिधि सभा सदस्यका उम्मेदवारले उम्मेदवारीको क्रममा १० हजार रुपैयाँ धरौटी राखेका थिए । 

सो धरौटी जोगाउनका लागि उम्मेदवारले सदर मतको १० प्रतिशत भोट प्राप्त गर्नुपर्ने थियो तर १८ जनाले एक सय पनि भोट कटाउन नसकेपछि उनीहरूको धरौटी जफत भएको हो । 

सुदूरपश्चिम प्रदेशको बाजुराबाहेक बाँकी सबै जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको मतगणना भइसकेको छ । 
 

प्रकाशित मिति: सोमबार, मंसिर १२, २०७९  १६:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update