Sagun Khabar
बैतडीको डिलाशैनीमा कांग्रेसको चुनावी समीक्षा सम्पन्न 

बैतडी –चुनावी समीक्षामा जुटेको नेपाली कांग्रेस बैतडीले आज डिलाशैनीमा कार्यक्रम सम्पन्न गरेको छ । पार्टीका जिल्ला उपसभापति एवं प्रदेश १ का उम्मेदवार बिरबहादुर बिष्टको उपस्थितीमा समीक्षा कार्यक्रम सम्पन्न भएको नेपाली कांग्रेस बैतडीका सचिव देवराज जोशीले बताए । 

डिलाशैनीको गोकुलेश्वरमा सम्पन्न भएको समीक्षा बैठकले पार्टीले पराजय व्यहोर्नुको कारणका बिषयमा छलफल भएको उनले बताए । पार्टीलाई अझै संगठित बनाएर अघि बढ्ने बिषयमा नेता कार्यकर्ताहरुसंग छलफल भएको सचिव जोशीले बताए । 

भोलि पाटनमा चुनावी समीक्षा गर्ने कार्यक्रम रहेको कांग्रेस बैतडीले जनाएको छ । 
 

प्रकाशित मिति: सोमबार, मंसिर १२, २०७९  १७:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update