बैतडी –घास काट्ने बेला भीरमाथिबाट खसेको ढुंगा लागेर घाइते भएकी बैतडी एक महिलाको उपचारमा आर्थिक समस्या भएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका ३ द्वारी बस्ने पदमा तिरुवाको उपचारमा समस्या भएको हो ।
यही मंसिर ८ गते जलखान भन्ने स्थानमा घास काटीरहेका बेला भीरमाथिबाट खसेको ढुंगाले पद्माको टाउको चोट लागेको थियो । उनको अहिले धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको छ । उनलाई आइसियुमा राखेर उपचार भइरहेको पारिवारिक श्रोतले जनाएको छ ।
टाउकोमा गम्भीर चोट लागेकी तिरुवाको उपचारमा धेरै पैसा लाग्ने भएकाले सहयोगका लागि उनका श्रीमान खगेन्द्र तिरुवाले अपिल गरेको स्थानीय जयबहादुर चन्दले बताए । सहयोग गर्न हुने महानुभावले ९८६६१०१८९० नम्बरमा सम्पर्क गर्न सक्ने चन्दले बताए ।
भारतमा रहेका नेपालीहरुले पद्मा उपचारका लागि सहयोग गर्न थालेको समेत चन्दले बताए । रोजगारीको सिलसिलामा भारतमा रहेका नेपालीहरुले सहयोग अभियान सञ्चालन गरेको उनले बताए ।




