चरेश सहित भारतको टनकपुरमा एक नेपाली पक्राउ
बैतडी –भारतीय प्रहरीले चरेशसहित एक नेपाली युवालाई पक्राउ गरेको छ । कञ्चनपुरको सीमावर्ती टनकपुर बजार क्षेत्रबाट ती युवा पक्राउ परेका हुन् ।
झण्डै तीन किलो चरेशसहित कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्ला मुसेट्टीका २० वर्षीय करमसिंह ठगुन्ना पक्राउ परेका भारतीय प्रहरीले जनाएको छ ।
‘नशामुक्त अभियान’ अन्तर्गत चेकजाँचमा रहेको प्रहरीले चरेश तस्करी गरिरहेको अवस्थामा ठगुन्नालाई पक्राउ गरेको हो । उनीमाथि कानुनी कारवाही अघि बढाएको भारतीय प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर १३, २०७९ १२:२७
प्रतिक्रिया दिनुहोस्




