बैतडी –बैतडीको सुर्नया गाउँपालिका –६ स्थित नागरिक आरोग्य केन्द्रबाट स्वेदन र स्नेहन सेवा शुरु गरिएको छ । बाथका बिरामीहरुलाई सेकाइ पद्दतिबाट उपचार गरिने स्वेदन र स्नेहन सेवा शुरु गरिएको हो ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मेलौलीका प्रमुख हिक्मतबहादुर चन्दको उपस्थितीमा स्वदेन र स्नेहन सेवा शुरु गरिएको हो । अब नागरिक आरोग्य केन्द्रबाट नियमित रुपमा स्वेदन र स्नहेन सेवा सञ्चालन हुने चन्दले बताए ।
बाथरोगका बिरामीहरुलाई आयुर्वेदिक उपचार पद्दतिबाट सेवा दिने उद्देश्यले स्वेदन र स्नेहन सेवा शुरु गरिएको हो । आयुर्वेदिक उपचार पद्दति अन्तर्गत पूर्वकर्म र पञ्चकर्म सेवाभित्र स्वेदन र स्नेहन शुरु गरिएको हो ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मेलौलीका प्रमुख हिक्मतबहादुर चन्दको अध्यक्षतामा भएको कार्यक्रम सुर्नया गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष मदनराज अवस्थी प्रमुख अतिथी रहेका थिए ।
स्थानीय नागरिकहरुलाई आयुर्वेदिक उपचार पद्दतिमा पहुँचमा पुर्याउने उद्देश्यले स्वदेन र स्नेहन सेवा सञ्चालन गरिएको बताइएको छ । स्वेदन र स्नेहन सेवा शुरु भएपछि स्थानीय नागरिकलाई सहज हुने अपेक्षा गरिएको छ ।




