Sagun Khabar
निर्वाचन खर्च बुझाउन निर्वाचन कार्यालय बैतडीको आग्रह 

बैतडी –संसदीय निर्वाचनको अन्तिम मत परिणाम आएसंगै जिल्ला निर्वाचन कार्यालयले उम्मेदवारलाई चुनावी खर्च बुझाउन आग्रह गरेको छ । निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको ३० दिनभित्र उम्मेदवारले निर्वाचन खर्च बुझाउनुपर्ने प्रावधान अनुसार निर्वाचन खर्च बुझाउन आग्रह गरिएको जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुयालले बताए । 

प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा प्रत्यक्ष तर्फ र समानुपातिक तर्फका उम्मेदवारलाई तोकिएको ढाँचामा विवरण भरी निर्वाचन खर्च बुझाउन आग्रह गरिएको हो । 

स्वास्थ्य सन्देश
Atrya hospital

बैतडीमा प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ ११ जना उम्मेदवार रहेका थिए भने प्रदेश सभा १ मा ६ जना र प्रदेश सभा २ मा ५ जना उम्मेदवार रहेका थिए । 

निर्वाचन आयोगले गएको स्थानीय तहको निर्वाचनमा खर्च विवरण नबुझाउने उम्मेदवारहरुलाई जरीवाना तोकेकाले संसदीय निर्वाचनमा उम्मेदवार बनेकाहरुलाई समयमै चुनावी खर्च बुझाउन आग्रह गरिएको जिल्ला निर्वाचन अधिकारी फुयालले बताए । 

निर्वाचन आयोगले समेत खर्च विवरण उपलब्ध गराउन आग्रह गरिसकेकाले सोही अनुसार जिल्लामा उम्मेदवार बनेकाहरुलाई ३० दिनभित्र खर्च विवरण उपलब्ध गराउन आग्रह गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 
 

प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९  १४:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update