Sagun Khabar
बैतडीको चिल्लेपानीमा बित्तीय साक्षरता कार्यक्रम सम्पन्न 

बैतडी – बैतडीको पाटन नगरपालिका ४ चिल्लेपानीमा बित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । लक्ष्मी लघुबित्त बित्तीय संस्थाको आयोजनामा बित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको हो । स्थानीय नागरिकलाई बित्तीय सेवाका बारेमा जानकारी दिनका लागि बित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको लक्ष्मी लघुबित्त बित्तीय संस्था पाटन बैतडीका शाखा प्रमुख दलबहादुर थापाले बताए । 

स्थानीय नागरिकहरुलाई बचत, ऋण लगायतका बिषयमा जानकारी दिनका लागि बित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको लक्ष्मी लघुबित्त बित्तीय संस्थाका नरीप्रसाद पैंतोलाले बताए । 

सो कार्यक्रममा ५० जनाको सहभागिता रहेको थियो । कार्यक्रममा संस्थाले प्रदान गरिरहेका सेवाका बारेमा समेत जानकारी दिइएको पैंतोलाले बताए ।  संस्थाको १२ औं बार्षिकोत्सवको अवसरमा बित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको उनले बताए । 

प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९  १८:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update