जिल्ला अस्पताल बैतडीमा शुक्रबार बिशेषज्ञ डाक्टर आउने
बैतडी – जिल्ला अस्पताल बैतडीमा भोलि (शुक्रबार) बिशेषज्ञ डाक्टर आउने भएका छन् । डडेल्धुरा अस्पतालका बरिष्ठ जनरल सर्जन डा. पवन सापकोटा जिल्ला अस्पतालमा आउने अस्पताल व्यवस्थापक सुमन महराले बताए ।
जिल्ला अस्पतालमै बिशेषज्ञ डाक्टरले सेवा दिने भएकाले अस्पतालमा आइ सेवा लिन बिरामीहरुलाई आग्रह गरिएको छ । प्रत्येक शुक्रबार जिल्ला अस्पतालमा डडेल्धुरा अस्पतालको सहयोगमा बिशेषज्ञ डाक्टरले सेवा दिँदै आएका छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९ ०७:५४
प्रतिक्रिया दिनुहोस्




