Sagun Khabar
जिल्ला अस्पताल बैतडी न्यूनतम सेवा मापदण्डमा सुदूरपश्चिममै उत्कृष्ट

बैतडी-जिल्ला अस्पताल बैतडी न्यूनतम सेवा मापदण्डमा सुदूरपश्चिममै उत्कृष्ट भएको छ । जिल्ला अस्पतालमा यही मंसिर १३ र १४ गते गरिएको न्यूनतम सेवा मापदण्ड अनुगनमा जिल्ला अस्पातलले ८९ प्रतिशत अंक ल्याएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. दिपेश श्रेष्ठले जानकारी दिए ।

गएको फागुनमा गरिएको अनुगमनमा जिल्ला अस्पतालले ६३ प्रतिशत अंक ल्याएकोमा अहिले ८९ प्रतिशत अंक ल्याएको डा. श्रेष्ठले बताए । क्षेत्रीय स्वास्थ्य निर्देशनालय डोटी र निक साइमन इन्ष्युच्युटले संयुक्त रुपमा गरेको अनुगमनमा जिल्ला अस्पताल बैतडी उत्कृष्ट भएको हो ।

विभिन्न मापदण्ड र सूचकका आधारमा अस्पतालहरुलाई अंक दिइने गरिएको छ । अस्पतालले प्रदान गर्ने, अस्पताल भित्रका सेवा सुविधा, भौतिक व्यवस्थापन लगायतका कार्यहरु हेरेर न्यूनतम सेवा मापदण्डको अनुगमन गर्ने गरिएको डा. श्रेष्ठले बताए ।

न्यूनतम सेवा मापदण्डमा  जिल्ला अस्पताल उत्कृष्ट हुँदा आफूलाई निकै खुसी लागेको र अझै पनि अस्पतालको सेवालाई प्रभावकारी बनाउने तर्फ ध्यान जाने डा.श्रेष्ठले बताए । अस्पातलको विकास र गुणस्तर सुधारमा खटिने सबैलाई उनले धन्यवाद समेत ज्ञापन गरेका छन् । 

प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९  १०:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update