Sagun Khabar
बैतडीको पञ्चेश्वर गाउँपालिकाद्वारा घट्नाको निन्दा,अपराधिलाई कडा कारबाहीको माग 

बैतडी- बैतडीको पञ्चेश्वर  गाउँपालिकाले  अपराधिलाई कडा कारबाही गर्न  माग गरेको छ । बिहीबार एक  प्रेष विज्ञप्ती  जारी  गरेर  गाउँपालिकाले वडा नं ४ को फ्याउलीकी २१ वर्षीया माया लुहार हत्या प्रकरणका आरोपितलाई पक्राउ गरि कडा भन्दा कडा कारबाही  गर्न माग गरेको हो ।

घट्नाको  आवश्यक छानवीन  गरि चाँडो भन्दा चाँडो  अपराधिलाई  कानुनी दायरमा ल्याएर कडा कारबाहीका लागि सम्बन्धित निकायलाई पालिकाले  जोडदार  माग गरेको छ । अमानविय घट्नाको जति निन्दा र  भत्र्सना गर्दा  पनि कम हुने उल्लेख गदै  गाउँपालिकाले  घट्नामा संगलग्न  अपराधिलाई  कानुनि दायरमा लिएर  कारबाही गर्न  माग गरेको  हो ।

यस्तै  गाउँपालिकाले पीडित  परिवारलाई  दुई लाख ५० हजार  दिने निर्णय गरेको गाउँपालिकाकी उपाध्यक्ष बिना भट्टले  बताइन। चाँडै मृतका परिवारलाई आर्थिक सहयोग गरिने उनले  बताइन् ।

मंगलबार कपडा सिलाउने भन्दै भदै नाता पर्ने १५ वर्षीया नेहा लुहारसँगै कुलाउ बजार गएकी माया बुधबार शिवनाथ गाउँपालिका–६ मा घाँटी रेटेर हत्या गरेको अवस्थामा फेला परेकी थिइन्। मायाको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ । सँगै गएकी नेहा पनि घाइते अवस्थामा भेटिएकी थिइन् । 

उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले  घट्नाको  अनुसन्धान भइरहेको भन्दै माया लुहार हत्या प्रकरणका आरोपितलाई आज बेलुका  सम्म पक्राउ गरिसक्ने  बताएको  छ । 

प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९  १४:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update